नेपाल राष्ट्र र यसको राष्ट्रिय जीवनमा प्रत्यक्ष–परोक्ष रुपमा सकारात्मक तथा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति, संस्था वा समूह सम्मानित भएको हेर्न चाहनुहुन्छ ? त्यस्तो बिशिष्ट योगदानलाई हामी कान्तिपुर आइकनमार्फत कदर गर्दैछौ । कान्तिपुर आइकन छनौट प्रक्रियामा सहभागी भई त्यस्तो व्यक्ति वा संस्थाको छनौटका लागि हामीलाई सहयोग गर्नुहोस् ।

सिर्जना कला

साहित्य, गीत, संगीत, चलचित्र, रंगमञ्च, पत्रकारिता, चित्रकला, भाषा, संस्कृति, मुर्तिकला, वास्तुकला, हस्तकला, वृत्तचित्र आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

अर्थ उद्यम

अर्थ, उद्योग, व्यापार, व्यवसाय, वित्तिय-बैंकिङ क्षेत्र, आर्थिक नीति, मौद्रिक नीति, अर्थ राजनीति, कृषि, पर्यटन, वाणिज्य, शिक्षा, स्वास्थ्य, यातायात, प्रविधिमा आधारित व्यवसाय आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

विज्ञान अन्वेषण

विज्ञान, सूचना तथा सञ्चार प्रविधि, इनोभेसन्स, चिकित्सा क्षेत्र, खोज अनुसन्धान, आविष्कार आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

समाज राजनीति

राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्याएका सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्ति, संस्था वा समुह । यसमा मुलुकको कुनै पनि क्षेत्र जस्तो खेलकुद, राजनीति, विकास निर्माण, मानवीय सहायता आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह पर्दछन् ।

कान्तिपुर आइकन विभिन्न चार क्षेत्रमा क्रियाशील रहेर नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त समेत प्रदान गर्न सकिनेछ । सार्वजनिक आह्वान गरिएअनुरुप आएका प्रस्तावहरुका आधारमा यो पुरस्कारको अन्तिम छनौट कान्तिपुर फाउण्डेसनका सदस्य एवम् समाजका लव्ध–प्रतिष्ठित महानुभावहरुको संलग्नता रहेको प्रत्येक क्षेत्रको पा“च सदस्यीय स्वतन्त्र निर्णायक मण्डल (जुरी) ले गर्नेछ ।

हरेक बर्ष दिइने रु. ५ लाखको स्वर्ण पदकसहितको यो पुरस्कार कान्तिपुर मिडिया ग्रुपद्वारा प्रबद्र्धित गैर–नाफामूलक परोपकारी संस्था कान्तिपुर फाउन्डेसनले प्रदान गर्नेछ ।

यस वर्ष कान्तिपुर पब्लिकेसन्सको २५ औ वार्षिकोत्सव परेकाले यस वर्षको अन्त्यमा एक विशिष्ट समारोहमा कान्तिपुर आइकन प्रदान गरिनेछ ।

कान्तिपुर आइकन लेखन-कला, अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक गरी चार क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुहलाई प्रत्येक वर्ष प्रदान गरिनेछ ।

तपाईले आफैलाई पनि कान्तिपुर आइकनका लागि प्रस्ताव गर्न सक्नु हुनेछ ।

कान्तिपुर मिडिया ग्रुप, सेन्ट्रल बिजनेस पार्क, थापाथली

पोष्ट बक्स नम्बर ८५५९, काठमाडौं

इमेल ः kantipuricon@kmg.com.np

मनोनयन फाराम