कान्तिपुर पब्लिकेसन्सको २५ औ वार्षिकोत्सवको अवसरमा कान्तिपुर मिडिया ग्रुपद्वारा प्रबद्र्धित गैर नाफामुलक परोपकारी संस्था कान्तिपुर फाउण्डेसनले कान्तिपुर आइकन प्रदान गर्दैछ । २०७१ सालमा स्थापित कान्तिपुर आइकन नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्षदेखि कान्तिपुर आइकन लेखन÷कला, अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक गरी चार क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुहलाई प्रत्येक वर्ष प्रदान गरिनेछ ।
कान्तिपुर पब्लिकेसन्सको २५ औ वार्षिकोत्सवको अवसरमा एउटा विशिष्ट समारोहमा नेपालको राष्ट्रिय जीवनमा योगदान पुर्याएका व्यक्ति, समुह वा संस्थालाई कान्तिपुर आइकन प्रदान गरिनेछ । कान्तिपुर आइकनलाई रु. ५ लाखको स्वर्ण पदकसहित एक प्रशस्ती पत्रद्वारा सम्मानित गरिनेछ ।
आफ्नो क्षेत्रमा अथक क्रियाशीलता र सेवाका लागि एक प्रेरणादायी व्यक्ति, समुह वा संस्था कान्तिपुर आइकनका लागि योग्य हुनेछन् । हामीले सार्वजनिक रुपमा चार विधामा कान्तिपुर आइकनका लागि मनोनयन गर्न आह्वान गरिसकेका छौ“ । यस अलावा हामीले सम्बन्धित क्षेत्रका विज्ञहरुबाट पनि कान्तिपुर आइकनका लागि मनोनयन गराउनेछौ“ ।
सार्वजनिक आह्वान गरिएअनुरुप आएका प्रस्तावहरुका आधारमा यो पुरस्कारको अन्तिम छनौट कान्तिपुर फाउण्डेसनका सदस्य एवम् समाजका लव्ध–प्रतिष्ठित महानुभावहरुको संलग्नता रहेको प्रत्येक क्षेत्रको पा“च सदस्यीय स्वतन्त्र निर्णायक मण्डल (जुरी) ले गर्नेछ ।
कान्तिपुर आइकनको योगदानका बारेमा कान्तिपुर मिडिया ग्रुपका विभिन्न प्रकाशन÷प्रसारण माध्यमबाट प्रचार गरिनेछ । कान्तिपुर आइकनलाई नेपालका बुद्धिजीवी, नीतिनिर्माता, बरिष्ठ कुटनीतिज्ञ र ब्यापारिक समुदाय सम्मिलित एक विशिष्ट समारोहमा आफ्नो मन्तव्य राख्ने मौका मिल्नेछ । संवादलाई बढावा दिने र समझदारी बढाउने एउटा अविस्मरणीय समारोहको आयोजना गर्ने तयारीमा छौ“ ।
यसरी शुरु भयो
कान्तिपुर फाउन्डेशनले पहिलो कान्तिपुर आइकन–२०७१ देशलाई अन्तर्राष्ट्रिय ख्याती दिलाएको, भौतिक कठिनाइका बावजुद सामूहिक धैर्य र लगनशीलता प्रदर्शन गरेको, र लाखौं नेपालीमाझ आशा जगाएको कारणले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रदान गरेको थियो ।
एक दशकदेखि निरन्तर प्रगति गर्दै आइरहेको राष्ट्रिय टोली हालै आएर टी–ट्वान्टी वल्र्ड कप, वल्र्ड कप प्रि–क्वालिफाइङ चरण, र वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपमा सामेल भएको छ । नेपाली क्रिकेट व्यक्तिगत लगन र सामुहिक भावनाको एक गाथा हो । खेलाडीहरुले सीमित स्रोत साधनका बावजुद डटेर आफूमा निखार ल्याएका हुन् । नेपाली क्रिकेट टोलीको उल्लेख्य विशेषता नेपालको भौगोलिक, वर्गीय र जातीय विविधतालाई एक सूत्रमा बा“ध्ने समृद्ध प्रतिक हो । टोलीका धेरै खेलाडीहरु राष्ट्रिय खेलकुदको उपलब्धीस“ग असम्बन्धित कम अवसरयुक्त देशका कुनाकाप्चाबाट आएका सामान्य पारिवारिक पृष्ठभूमिका छन् ।
पहिलो कान्तिपुर आइकन निर्णायक मण्डल (जुरी) मा प्रा.लोकराज बराल, डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, अखिलेश उपाध्याय, सुधीर शर्मा र कैलाश सिरोहिया थिए । जुरीले निर्धारित कार्यविधिअनुसार विभिन्न चरणको छनौट प्रक्रिया पुरा गरी सर्वसम्मतिबाट अन्तिम निर्णय लिएको थियो । पहिलो कान्तिपुर आइकन कान्तिपुर पब्लिकेसन्सको २२ औ“ वार्षिकोत्सवको उपलक्ष्यमा एक समारोहबीच प्रदान गरिएको थियो ।
कान्तिपुर आइकन २०७१ का केहि झलकहरु
सम्पर्क
कान्तिपुर फाउन्डेशन
सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौँ, नेपाल
kantipuricon@kmg.com.np
+९७७-०१-५१३५०००
+९७७-०१-५१३५००१