पुरस्कार विधा

साहित्य, गीत, संगीत, चलचित्र, रंगमञ्च, पत्रकारिता, चित्रकला, भाषा, संस्कृति, मुर्तिकला, वास्तुकला, हस्तकला, वृत्तचित्र आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

अर्थ, उद्योग, व्यापार, व्यवसाय, वित्तिय-बैंकिङ क्षेत्र, आर्थिक नीति, मौद्रिक नीति, अर्थ राजनीति, कृषि, पर्यटन, वाणिज्य, शिक्षा, स्वास्थ्य, यातायात, प्रविधिमा आधारित व्यवसाय आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

विज्ञान, सूचना तथा सञ्चार प्रविधि, इनोभेसन्स, चिकित्सा क्षेत्र, खोज अनुसन्धान, आविष्कार आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह ।

राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्याएका सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्ति, संस्था वा समुह । यसमा मुलुकको कुनै पनि क्षेत्र जस्तो खेलकुद, राजनीति, विकास निर्माण, मानवीय सहायता आदि क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुह पर्दछन् ।

पुरस्कार बिजेताहरु

सुनील पोखरेल
कुलमान घिसिङ
मुकुन्द रञ्जित
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)

कान्तिपुर आइकन

कान्तिपुर पब्लिकेसन्सको २५ औ वार्षिकोत्सवको अवसरमा कान्तिपुर मिडिया ग्रुपद्वारा प्रबद्र्धित गैर नाफामुलक परोपकारी संस्था कान्तिपुर फाउण्डेसनले कान्तिपुर आइकन प्रदान गर्दैछ ।  २०७१ सालमा स्थापित कान्तिपुर आइकन नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्षदेखि कान्तिपुर आइकन लेखन-कला, अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक गरी चार क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुहलाई प्रत्येक वर्ष प्रदान गरिनेछ ।

इतिहास

कान्तिपुर फाउन्डेशनले पहिलो कान्तिपुर आइकन–२०७१ देशलाई अन्तर्राष्ट्रिय ख्याती दिलाएको, भौतिक कठिनाइका बावजुद सामूहिक धैर्य र लगनशीलता प्रदर्शन गरेको, र लाखौं नेपालीमाझ आशा जगाएको कारणले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रदान गरेको थियो ।

एक दशकदेखि निरन्तर प्रगति गर्दै आइरहेको राष्ट्रिय टोली केहि अघि टी–ट्वान्टी वर्ल्ड कप, वर्ल्ड कप प्रि–क्वालिफाइङ चरण, र वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपमा सहभागी भएको थियो । नेपाली क्रिकेट व्यक्तिगत लगन र सामुहिक भावनाको एक गाथा हो । खेलाडीहरुले सीमित स्रोत साधनका बावजुद डटेर आफूमा निखार ल्याएका हुन् ।

निर्णायक मण्डल (जुरी)